फेरि आयो सारिका के.सिको अभिनयमा सबैलाई रुवाउने गीत गुनासो / भिडियोमा हेर्नुहोस।

गीत संगीत समचार काठमाडौ 

नेपाली गीत संगीतमा केहि दिन अघि देखि तीजका गीतहरु सार्वजनिक भइरहेका छन तर तीज आउन भने केहि समय बाँकी छ । सबैले तीज गीत सार्वजनिक गरिरहेका बेला दुर्गा खत्रीले भने गुनासो बोलको गीत सार्वजनिक गरेकी छन । राजेन्द्र सुवेदी र दुर्गा खत्रीको आवाज रहेको सो गीतले माया प्रेममा विछोड हुने मायालु जोडीको कथालाई विषयबस्तु बनाएको छ ।

गीतलाई राजेन्द्र सुवेदीले शब्द सिर्जना गरेका छन भने गोविन्द आलेको लय सिर्जना रहेको छ । गीतलाई कपिल लामाले निर्देशन गरेका छन भने सारिका केसी र गोविन्द आलेको अभिनय रहेको छ ।

शिक्षिकाको कुटाइबाट घाइते बिद्यार्थीहरु एकसाथ मिडियामा [ भिडियो सहित ]

रोल्पा। रोल्पामा शिक्षिकाको कुटाइ बाट १४ जना विद्यार्थी घाइते भएका छन् । छिमेकी जिल्ला दाङ सँग जोडिएको रून्टीगढी गाउँपालिका-८ स्थित ‘भानु आधारभूत विद्यालय’की महिला शिक्षिका लक्ष्मी पुनको अन्धाधुन्ध कुटाइ बाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा कक्षा १ देखी कक्षा ८ सम्म पढ्ने विद्यार्थी रहेका छन् । घाइते मध्य ५ जनाको दाङमा उपचार भैइरहेको छ । घाइतेहरूमा भीमकुमारी बाँठा, निर्मला पुन, शान्ता नेपाली, विमला रोका, गौरी घर्तीको हातमा भने गम्भीर चोट लागेको छ । उनीहरूको हातको प्लास्टर आइतबार दाङको तुल्सिपुर स्थित सहारा पोलिक्लिनकमा गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा घनश्याम शर्माले जानकारी दिए । घाइतेहरुको अनुहार पनिसुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा शर्माले बताए । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताइन, ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो । विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरु सर मिसहरु अफिसतर्फ दौडिनुभयो ।

भिडियो 

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार १७:३१