यस्तो पनि– जहाँ कम्पनीले कर्मचारीलाई सुतेको पनि तलब दिन्छ !

एजेन्सी, फागुन ६
कुनै रोजगार दाता कम्पनीले आफ्ना कर्मचारीलाई काम गरेको तलब दिन्छ । तर, संसारमा कर्मचारीलाई सुतेको पनि तलब दिने कम्पनी छन् भन्दा पत्याउन मुस्किल पर्ला ।

तर, यो सत्य खबर हो । दुनियाँमा यस्ता पनि कम्पनी छन्, जहाँ सुतेको र मोजमस्ती गरेको पनि तलब दिन्छन् । यस्तो रोचक खबर जापानको हो ।

त्यहाँको क्रेजी इंक नामक एक कम्पनीले आफ्ना सबै कर्मचारीलाई कार्यालयमै सुत्न अनुमति मात्रै दिएको छैन, सुत्नलाई गजबको व्यवस्थासमेत मिलाइदिएको छ । अनि उसले सुतेको पनि थप पैसा दिन्छ ।

यस्तो अनौठो कम्पनीले आफ्ना कर्मचारीलाई नम्बर दिएको हुन्छ । सोही नम्बरअनुसार जो कोही कर्मचारी हप्तामा ५ दिन हरेक रात कम्तीमा ६ घन्टाका दरले सुत्नुपर्छ ।

त्यसरी सुतेबापत एक कर्मचारीले एक वर्षमा ६४ हजार येन आफ्नो तलबबाहेक थप पैसा पाउँछन् । यो थप आम्दानी हो ।

यतिसम्म कि, सो कम्पनीले आफ्ना कर्मचारी मज्जाले निद्रा पुगुन्जेल सुत्न पाउन् भने चेकजाँच गर्ने गर्छ । कर्मचारीले सुते–सुतेनन् भनेर कम्पनीले निगरानीसमेत गर्छ ।

सो कम्पनीले किन यस्तो गरेको होला त ? जापानमा धेरैजसो मानिस धेरैभन्दा धेरै काम गर्छन् । उनीहरू निकै कम समय मात्रै आराम गर्छन् । जसका कारण उनीहरूको स्वास्थ्यमा समस्या परिरहेको हुन्छ ।

सो खतरालाई ध्यानमा राखेर कम्पनीले कर्मचारीलाई सुत्ने वातावरण बनाउन र स्वस्थ राख्न यस्तो जुक्ति अपनाएको हो ।

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७५, सोमबार ०४:५४