स्वस्तिमा खड्काको आज जन्मदिन शुभकामना स्वरुप १ सेयर

काठमाडौं / सुन्दरी नायिका स्वस्तिमा खड्काको आज जन्मदिन । १९९५ जुलाई ४ तारिखका दिन उनको जन्म काठमाडौंमा भएको हो । यस आधारमा आज उनी आफ्नो २४औं जन्मदिन मनाउँदैछिन् ।

मोडलिङ हुँदै ठूलो पर्दाको नायिका बनेकी स्वस्तिमा मिस टिनकी टप फाइभ फाइनलिस्ट हुन् । उनका दर्जनौं म्युजिक भिडियो रहेका छन् । ‘होस्टल रिटन्र्स ड हुँदै ‘बुलबुल’ सम्म आइपुग्दा उनले नौवटा चलचित्रमा नायिकाको भूमिका निभाइसकेकी छन् ।

मोडलिङमा जम्दै गरेका बेला सन् २०१६ मा स्वस्तिमाको बिहे निर्देशक निश्चल बस्नेतसँग भएको हो । थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययन गरेकी स्वस्तिमाले इन्जिनियर बन्ने सपनालाई थाती राखेर चलचित्र क्षेत्रमा आफूलाई समर्पित गरेकी छन् ।

समाचार सेयर गर्नुहोस

Loading...
प्रकाशित मिति July 4, 2019