रामेछापमा ट्रकले ठक्कर दिँदा १ जनाको मृत्यु

राजकुमार  / रामेछापको लिखु तामाकोशी गाउँपालिका बिजुलीकोटमा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ७ बजेतिर मन्थलीबाट सैपुतर्फ जाँदै गरेको बा ५ ख ४५९१ नं को ट्रकले ठक्कर दिँदा सडकमा काम गर्ने दाङको तुल्सिपुर उपमहानगरपालिका-३ का अन्दाजी ५० वर्षीय अमृतबहादुर सुनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय धोबीले जनाएको छ।

लिखु -३ हाइड्रोपावरको सामान लिएर गएको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। धोबी-सैपु सडक विस्तारको काम धमाधम हुँदै आएको छ ।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार ०३:१४