देवी घर्तिको स्वरमा अर्को मार्मिक गित सर्बजनिक

काठमाडौं / गायक गोपाल प्रसाद भट्टराई र गायिका देवी घर्तिको  “जलन”  बोलको गीत सार्वजनिक भएको छ । गोेपाल प्रसाद भटटराईको शब्द रहेको उक्त गीतमा बद्रि पाठकको संगीत रहेको छ भने महेश विक्रम पाण्डेको एरेंज रहेको छ ।

माया , प्रेम र मातृभुमी प्रतिको मायालाई समेटिएको उक्त गीतमा सुख खोज्देै परदेश गएका प्रेमी र गाउँमा रहेकी श्रीमति विचको प्रेमको कुरालाई गीतमा समेटिएको छ । गोविन्द भण्डारी , सोनु क्षेत्री र ब्लोसम ढकालको अभिनय रहेको उक्त गीतको भिडियो सागर गौत्तमले छायाँकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा परदेश गएका प्रेमी र गाउँमा रहेकी श्रीमतिको बिछोडको दुखलाई देख्न सकिन्छ । उदय पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । गीतको भिडियो ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा सार्वजनिक भएको छ ।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार १०:४४