अर्घाखाँचीमा जिप दुर्घटना ३ जनाको मृत्यु ४ जना घाइते

अर्घाखाँची, १९ असार । अर्घाखाँचीको सुपा देउराली मन्दिर नजिकै सुपा खोलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइ घाइते ते भएका छन् । जिप सुपा देउराली मन्दिर देखी सन्धिखर्क जाने सडकको १५० मिटर अगाडी पट्टी उक्कलो बाट पल्टिएको हो । दुर्घटनामा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ । तिनै जना पुरुष रहेको प्रहरीले बताएको छ । कृष्णनगरबाट सन्धिखर्क अाउँने लु १ ज १३२९ नम्बरको गाडी दुर्घटना भएको हो ।गाडी सडकबाट ५०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

मृत्यु भएकाहरूकाे पहिचान खुल्न बाकि छ । उकालाे बाटाेमा गाडिकाे कन्डिसन खराब भई दुर्घटना भएकाे प्रहरीले बताएको छ । गाडिमा १० जना सबार रहेकाे जसमा ५ जना घाईतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारका लागि पठाईएकाे छ ।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार ११:०६