बहिनीको चप्पल समाउन खोज्दा ७ वर्षीया रितु गुरुङलाई मर्स्याङदीले बगायो

लमजुङ – सुन्दरबजार नगरपालिका-९ बेलघारीमा मर्स्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । शुक्रबार नदी किनारमा साथीहरुसँग खेल्ने क्रममा खोलाले बगाएको बहिनीको चप्पल समाउन खोज्दा सात वर्षीया रितु गुरुङलाई मर्स्याङदीले बगाएको हो । सुन्दरबजार नगरपालिका-९ बेलघारीकी नन्दकुमारी गुरुङकी छोरीलाई मर्स्याङ्दीले बगाएको जिल्लाप्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।

रितु दोर्दी गाउँपालिका–१, मा रहेकाे रत्न प्राविको कक्षा तीनमा पढ्दै आएकी थिइन् ।‘साथीहरुसँग नदीकिनारामा खेल्दै गर्दा बहिनीको चप्पल खोलाले बगाएछ । खोलाले बगाउँदै गरेको चप्पल छोप्न खोज्दा उनलाई खोलाले बगाएपछि बेपत्ता भएकी छिन्,’ प्रहरी निरीक्षक पाण्डेले भन्नुभयो ।खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २१ असार २०७६, शनिबार ०२:२०