वीर अस्पतालमा ‘लिफ्ट चुडिँदा’ २ जना ठहरै, एक गम्भीर घाइते

काठमाडौं, फागुन १०
काठमाडौंको वीर अस्पतालमा निर्माणाधीन सर्जिकल भवनको लिफ्ट चुडिँदा २ जना कामदारको ज्यान गएको छ । दुर्घटनामा परी अर्का १ जना गम्भीर घाइते भएका छन् ।

अस्पतालका निर्देशक डा. किरण श्रेष्ठका अनुसार नयाँ भवनमा सामान लोड गरी झार्नेक्रममा लिफ्ट चुँडिएको थियो । ज्यान गुमाउनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी छन् ।

अस्पतलाको लिफ्ट बिहीबार साँझ सामान झार्नेक्रममा चुँडिएको अस्पतालले जनाएको छ । घटनापछि छानबिन गर्न प्राविधिक टोली बोलाएर अनुसन्धान थालिएको निर्देशक श्रेष्ठले बताए ।

Loading...
प्रकाशित मिति १० फाल्गुन २०७५, शुक्रबार १४:१६