नेपाल आइडलका सागर आलेको “भावनाका शब्द” बोलको गीत सार्वजनिक भएको छ । फराज अर्पनको शब्द तथा संगीत रहेको उक्त गीतमा बिजेश्वर टेन्दुलकरको एरेंज रहेको छ । सागर आले र फराज अर्पनको अभिनय रहेको उक्त गीतको भिडियो बिशाल थापाले छायाँकन गरेका हुन् ।
माया प्रेमका गीत गाएर सबैको मन जित्न सफल सागर आलेको उक्त गीतमा एक युवकको मनको भाव समावेश गरिएको छ ।
गीतको भिडियोमा सागर आले र फराज अर्पनलाई एकअर्काको साथ दिँदै देख्न सकिन्छ भने गीतको भिडियोमा सागर आलेलाई फरक शैलीमा देख्न सकिन्छ । । गीतको भिडियोलाई फराज अर्पनले नै निर्देशन तथा संपादन गरेका हुन् ।
Loading...