म्याग्दी, फागुन १३
जिल्लाको घुगंगा गाउँपालिका–३, राखुपिप्लेकी ८१ वर्षीया एक वृद्धा बलात्कारको सिकार भएकी छन् । गत शुक्रबार राति १० बजेतिर उनलाई घरमै स्थानीय कएक व्यक्तिले बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरीका अनुसार बलात्कार गर्ने ३५ वर्षीय गोरे परियार रहेका छन् । बलात्कृत वृद्धा राम्रोसँग बोल्न र हिँड्न सक्दिनन् ।
राति घरभित्र वृद्धा मात्रै सुतेको मौका छोपी परियारले उनीमाथि बलात्कार गरेका थिए । पछि छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियार भाग्न लागेका बेला छिमेकीले पक्रेर प्रहरीलाई जिम्मा लगाएका थिए ।
वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छिमेकीले हेर्दा परियारले वृद्धामाथि जबर्जस्ती गरेको देखेपछि उनले अन्य छिमेकीलाई खबर गरेकी थिइन् । पछि अशक्त वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणनिम्ति बेनी अस्पताल म्याग्दी लगेका थिए । वृद्धा स्वयंले जिल्ला प्रहरी पुगेर उजुरी दिएकी छन् ।
यता, आरोपित परियारलाई शुक्रबार राति नै प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।