ट्याक्सी दुर्घ*टनामा ३ जना गम्भीर घा*इते

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बिहारस्थित मुग्लिन बजार भन्ने ठाउँमा बा १६ च ६३८१ नम्बरको सुजुकी ट्याक्सी सोमबार  दुर्घ*टना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ सितबाट सन्धिखर्कको लागि हिडेकाे ट्याक्सी  सालझण्डी सन्धिखर्क ढोरपाटन सड्क अन्तगर्त रोडबाट करिब १२ मिटर तल खेतमा खस्दा उक्त दुर्घ*टना भएको हो। दुर्घटनमा परी  भिमप्रसाद घिमिरे ,मालारानी -४ बिमला घिमिरे -मालारानी -४ शोभाखर घिमिरे -मालारानी -४,बिकास भुसाल -मालारानी- ५,अशोक खडका -मालारानी ५ (चालक ) घाइते भएका छन्।

घाईतेहरु मध्ये ३ जनालाई बुटवल रिफर गरिएको छ।  दुई जनाको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भैरहेको छ।  गाडी स्पीड भएकाकारण दुर्घटना भएको अनुमान गरिएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुशन्धान गरिरहेको जनाएको छ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार १०:०२