सेती नदिमा डुबेका राजकुमार घर्ती अहिले सम्म बेपत्ता

तनहुँ । आज दिउँसो नदिमा हाम फालेका एक जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । करिब १ बजे सेती नदिमा हाम फालेर एकजना बेपत्ता भएका हुन् । कास्की माछापुच्छ्रेस्थित भुर्जङखोका स्थानीय राजकुमार घर्ती हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन । उहाँले भन्नुभयो, ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन् । अनुसन्धान हुँदैछ ।’ स्थानीयले खवर गरेपछि प्रहरीले खोजी सुरु थालेको हो । प्रहरीले खोजी कार्य जारी राख्नुका साथै घटनाबारे आवश्यक थप अनुसन्धान पनि अगाडी बढाएको छ ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार १४:५६