काठमाडौं / लोकप्रिय गायक प्रमोद खरेलको “भौतारींदै” बोलको गीत सार्वजनिक भएको छ । राज आर्यन मगरको शब्द रहेको उक्त गीतमा राजेश थापाको संगीत रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ ।
एक प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुलाई खोज्दै भौतारिएको कुरा गरिएको छ ।
रबिन्द्रनाथ खतिबडा र प्रिति तामाङको अभिनय रहेको उक्त गीतको भिडियो कान्त मगरले छायाँकन गरेका हुन् ।उक्त गीतको भिडियोमा एक माया गर्ने जोडीको बिछोडलाई देखाइएको छ भने बिछोडको पिडालाई प्रस्तुत गरिएको छ ।
उक्त गीतको भिडियोलाई नारायण मगरले निर्देशन तथा सम्पादन गरेका हुन् ।
Loading...