शिशिर भण्डारीले ल्याए यस्तो अचम्मको कला भएका युवा / भिडियो

मानिसहरु संग अचम्म अचम्मको कला हुन्छ, जुन कुराहरु हामी कल्पना समेत गर्न सक्दैनौ । मानिसहरुको आ आफ्नै ईच्छा, चाहना हुन्छन । कति आफ्नो ईच्छा, चाहना पूरा गर्न सक्दछन भने कतिपय बिचमा नै हराएर जाने गर्दछन । यस्तै चितवनका एक युवा यस्तै प्रतिभाका धनी रहेका छन । चितवन, सौराहामा जन्मिएका मिलन गोदार क्षेत्रीसँग अचम्मको कला छ । उनको घर जङ्गल छेउमा नै छ । त्यसैले लामो समय जँगलमै बिताएका मिलन १११ थरी पशुपँक्षीहरुको हुबुहु आवाज निकाल्छन् । उनीहरुकै आवाजबाट पशु पँक्षीहरुलाई बोलाउने आवाज, खुशी हुदा निकाल्ने आवाज अनेक आवाज निकाल्न सक्दछन । मिलनको यो कला देख्दा सबै अचम्मित छन् ।

उनलाई हरेक पशुपँक्षीका बारेमा धेरै भन्दा धेरै ज्ञान छ । उनी गिनिज वल्र्ड रेकर्डमा धेरै पशु पँक्षीहरुको आवाज निकालेर रेकर्ड राख्ने सोचमा रहेका छन । मिलनले बोलाउँदा हात्ती देखि अन्य वीवजन्तु पनि आउने गरेको उनको ठोकुवा छ । उनले बाघ, हात्ती देखि धेरै जनावरको आवाज निकालेर पनि सुनाए । नेपालका धेरै ब्यक्तिहरुले वर्ल्ड रेकर्ड राखेका छन । उनिहरुको आ आफ्नै प्रतिभा रहेको छ ।

कसैले सबै भन्दा लामो दुरि साईकल यात्रा गरेर वर्ल्ड राखेका छन त कसैले सबैभन्दा धेरै समय नाचेर वर्ल्ड रेकर्ड राखेका छन । जुन सुकै बिधामा पनि वर्ल्ड रेकर्ड राख्न सकिन्छ । जसको लागि कसैले नगरेको काम गर्नुपर्दछ अथवा अरुको रेकर्ड ब्रेक गर्न सक्नु पर्दछ । यस्तै लगातार लामो समय समाचार बाचन गरेर पनि नेपाल बाट नै रेकर्ड राखिएको छ ।

मिलन गोदारले कसरी हात्ती देखि बाघसम्म बोलाउँछन् त ?

हेरौ यो भिडियोः

Loading...
प्रकाशित मिति २६ असार २०७६, बिहीबार १६:१८