दुई दिनदेखि परेको बर्षाले काठमाडौ डुबानमा

काठमाडौं । दुई दिनदेखि परेको अविरल बर्षाका कारण काठमाडौका सडक जलमग्न भएका छन् । सानादेखि ठुला सडकमा ठुलो मात्रामा पानी जमेपछि नेपाली सेना र सशस्त्र प्रहरुले ढुंगा सञ्चालन गरेको छ ।

काठमाडौँको कुलेश्वरस्थित ओरिन्टिएल कोलोनी डुबानमा परेपछि सेनाले डुंगाबाट त्यहाँ बसेका मानिसहरुको उद्धार गरेको छ ।

प्लास्टिकको डुंगा चलाएर मानिसहरुलाई आवत जातव पनि गराइरहेको छ ।

बास स्थान छोडेकाहरुको अति आवश्यक बस्तु र खाना पकाउने ग्यास समेत सेनाले डुंगाबाट ओसार पसार परिरहेको छ ।

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार ०४:२८