दिलिप रायमाझीले १० हजार गर्दै   प्रेम कर्जा तिरे / भिडियो हेर्नुहोस

काठमाडौं -गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत ‘प्रेम कर्जा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द प्रलाद सुबेदीको रहेको छ भने संगीत गायक प्रेमीकै रहेको छ । भिडियोमा दिलिप रायमाझी र सुजना जिसीको अभिनय रहेको छ भने भिडियो कोरीयोग्राफी अजय रेग्मीले गरेका छन् । भिडियो निर्देशन रन्जित कुमार क्षेत्रीले गरेका छ ।

लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै आउनु भएका नायक, निर्माता तथा नृत्य निर्देशक दिलिप रायमाझी धेरै समय पछि नेपाल फर्किए । एक समय नेपाली चलचित्रमा छाएका अभिनेता दिलिप रायमाझी पछिल्लो समय चलचित्र भन्दा पनि गीतहरुमा बढी देखिन थालेका छन ।

केही महिना अघि दीपक बज्रचार्यको गीत ‘मन मगन’मा राहुल शाह र उनको नृत्य टोलीसँग देखिएका दिलिपले त्यसपछि अन्य भिडियोमा पनि खेले । दिलिप अघिल्लाे हप्ता प्रियंका कार्कीसँग ‘पशुपतिमा सुनको गजुर’ बोलको गीतमा देखिएका थिए भने उनको अर्को गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ पनि सार्वनिक भएको थियो । यी सबै गीतहरुले दर्शकको मन राम्रै जित्न सफल भयो ।

यस गीत पनि अन्य गीतहरु जस्तै हिट हुने अपेक्षा गरिएको छ । यसले कत्तिको दर्शकको मन जित्न सफल हुन्छ त्यो भने समयले नै बताउनेछ । तर गीत, सङीत, भिडियो क्वलिटी भने हेर्नलायक बनेको छ । नृत्यमा माहिर दिलिप रायमाझी र सुजना जिसीको अभिनय रहेको गीत दर्शकले चाहे जस्तै बनेको निर्माण पक्षले जनाएको छ । दिलिप रायमाझीले अभिनय गरेको म्युजिक भिडियो मन मगन निकै चर्चित बनेको थियो । उक्त गीतमा उनले बोसको भुमिका निभाएका थिए । भने उनको नृत्य पनि रहेको थियो ।

भिडियो हेर्नुहोस …

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार १३:३६