आँप धेरै खादाको नुक्सान जानीराख्नुस्

आँपको वैज्ञानिक नाम ‘म्याग्निफेरा इन्डिका’ हो । यसलाई भिटामिन डीको राम्रो स्रोतको रूपमा मानिन्छ । यसले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ । आँपबाट भिटामिन र खनिज तŒव प्राप्त गर्न सकिन्छ ।

तर, हामीले आँप धेरै खायौं यसले हाम्रो स्वास्थ्यमा यस्ता नराम्रा असर पनि पु¥याउन सक्छन् है ।

– तौल बढ्नु

एउटा आँपमा एक सय ३५ क्यालोरी शक्ति हुन्छ । आँप धेरै खानाले हाम्रो शरीरमा क्यालोरीको खपत बढी हुन्छ । यसले शरीरको तौल घटाउने प्रक्रियामा अवरोध पैदा हुन सक्छ ।

– रगतमा चिनीको मात्रा बढ्नु

आँपमा धेरै मात्रामा चिनी हुन्छ । त्यसैले आँप मीठो हुन्छ । आँप धेरै खानाले हाम्रो शरीरमा चिनीको मात्रा बढ्छ ।

– बजारमा पकाइने आँप

आँपलाई छिटो पकाउनको लागि क्याल्सियम कार्बाइडको प्रयोग गर्ने गरिन्छ । यसको प्रयोगले स्नायुसम्बन्धी तथा झनझनाहटसम्बन्धी समस्या देखा पर्छ । जोर्नी सुन्निने र पिनासको समस्या भएका व्यक्तिले पनि आँप खानु हँुदैन

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार ०३:१४