बद्री पंगेनीलाई ज्यान मा*र्ने धम्की

काठमाडौं। नेपाली चर्चित गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मा*र्ने उद्योगमा उजुरी परेको छ । काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान मा*र्ने धम्कीको उजुरी परेको हो । काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मा*र्ने धक्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।

निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवादमा आइरहन्छन् । केही समय अगाडि काठमाडौंमा जु*वा खेल्दाखेल्दै रंगेहात पक्राउ परेका थिए ।यसबारेमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार १५:१४