अञ्जलीको अभिनयमा नयाँ गित मुटुभित्र तिम्रो तस्बिर / भिडियो

काठ्मण्डौं– पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सो प्रेम र सूर्यदा मगरको स्वर रहेको उक्त गीत आइतबार ओएसआ। डिजिटलमार्फत सार्वजनिक भएको हो । गीतमा अञ्जली अधिकारी निकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् ।

गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् ।भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन् । प्रकाश सपूतको गलबन्दी बोलको गीतपछि अञ्जली एकाएक चर्चामा आएकी हुन् ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १३:४२