(धुर्मुस सुन्तलीले) निर्माण गरेको फिल्ममा  दयाहाङ राई

काठमाडौं / चर्चित हाँस्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) पनि अब फिल्म निर्माणमा भित्रिँदैछन् । पछिल्लो पटक रंगशाला निर्माणका लागि खटिएका उनीहरुले अब फिल्म निर्माणमा हात हाल्ने भएका हुन् ।

पहिले एन्टीभाईरस नाम दिईएको उक्त फिल्मको नाम अब सेन्टीफाईरस राखिएको छ । जुन फिल्मलाई सुन्तलीले निर्देशन गर्ने कुरा चर्चामा आईराख्दा कबड्डी फेम निर्देशक रामबाबु गुरुङले गर्ने भएका छन् ।

फिल्ममा को नायक होला भनेर पनि खुबै चर्चा र कौतहुल्ता हुँदै आएको थियो । फिल्ममा बिषेशगरी प्रदिप खड्काको नाम चर्चामा रहेको थियो । अन्तत अब यस फिल्ममा प्रदिप नहुने भएका छन् । किनकी फिल्ममा अर्का चर्चित नायक दयाहाङ राई फाईनल भएका छन् । हुनत फिल्ममा उनी केमियोको रोलमा रहेका छन् । मुख्य नायकमा अझै पनि को हुनेछन् भन्ने चाही खुलेको छैन ।

प्रदिपले फिल्म खेल्ने सम्भावना नै छैन किनकी उनी अब प्रेम गीत ३ मा व्यस्त हुनेछन् । भदौँदेखि फ्लोरमा जाने तयारीमा रहेको सेन्टी भाईरस फिल्म अघि वडा नम्बर ६ मा धुर्मुस सुन्तलीले लगानी गरेका थिए । उक्त फिल्मपछि लामो समयको ग्यापमा उनीहरु फिल्म निर्माणमा लागेका हुन् । फिल्म सामाजिक सन्देशमुलक कमेडी धारमा निर्माण हुन लागिरहेको छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०१:४९