ज्योति मगरको स्वरमा नयाँ गित सर्बजनिक  / भिडियो हेर्नुहोस्

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका ज्योति मगर र गायक रुद्रसेन विश्वकर्मा स्वर रहेको मैथिली गीतको म्युजिक भिडियो बजारमा आएको छ । ‘कानोमे आँहाके झुम्का’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गयक विश्वकर्माको शब्द र संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । प्रदीपकुमार रसाइलीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दीपक गिरी खिचेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र रिचा थापाको बेजोड अभिनय रहेको छ । आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

Loading...
प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार १४:५६