काठमाडौं,। हिन्दु नारीहरुको महानपर्व तीज नजिकिदै गर्दा गायक, गायिकाहरुलाई यतिबेला तीज गीत रेकर्डिङ गर्ने र भिडियो निर्माण गर्न भ्याई नभ्याई छ ।
विगतमा टोलछिमेकका चेलिहरु समूह बनाएर तीज गीत गाउँने र मिठो परिकार बनाएर दर खाने प्रचलन थियो । अहिले महिना दिन अघि देखि नै दर खाने र तीज गीत, संगीत सार्वजनिक गर्ने होड बाजी नै चल्ने गरेको छ । यसै मेसोमा मिठो स्वरकी गायिका सुशिला गौतमको शब्द, खुमान अधिकारीको संगीत रहेको ‘लेउ लायो….’ बोलको तीज गीतमा सुशिला गौतम र खुमान अधिकारीको स्वर रहेको छ ।
शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको आकर्षक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
उक्त भिडियो शुशिला गौतमको अफिसियल च्यानल शुशिला च्यानबाट सार्वजनिक भएको हो ।
Loading...