
टिका सानुको भर्खर मात्र सार्वजनिक भएको गीत बुहारी २ ले कर्तिमानी दर्शक बनाउदै उत्कृष्ट १ को सूचीमा आउन सफल भएको छ ।
गीतले यो समाचार तयार पार्दा सम्म दश लाख दर्शक बनाइ सकेको छ ।
गीतमा खोट लगाउने कुनै पनि ठाउँ छैन । निकै उत्कृष्ठ सो गीतमा एउटी बुहारीले भोग्नु परेको पीडालाई कलात्मक रुपमा गीतमा उठाइएको छ ।
वास्तविक तीजको भाबना बोकेको सो गीतमा टिका सानु,मानिस खड्का, करिश्मा घर्ती र धन माया नेपालीको आवाज रहेको छ ।
गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ । भिडियो मा टिका सानु,मानिस खड्का,रमा थपलिया र लक्ष्मी गिरीको अभिनय रहेको छ । गीतको निर्देशन मानिस खड्का ले गरेका छन् ।
गीतलाई पूर्ण सफलताको कामना सहित सो गीतको पुरै भिडियो यहाँहरुको लागि मन परे शेयर गर्नुहोला ।
Loading...