समिक्षा अधिकारीको स्वरमा नयाँ तिज गित / भिडियो

डिजिटल स्टार पोखरा को प्रस्तुतीमा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बजारमा आएको आरती अधिकारी को मार्मिक तीज गीत वचन सार्बजनिक भए लगत्तै दर्शक हरुले मन पराएका छन ।

गीतमा आरती अधिकारी आफैले लय र शब्द संकलन गरेकी हुन् भने स्वरमा आरती अधिकारी ,कृष्ण भट्टराई र भाइरल गायिका समिक्षा अधिकारी ले साथ् दिएका छन् । एल बि पुनको एरेंजमा तयार भएको गीत पुन डिजिटल लामाचौर मा रेकर्ड भएको हो भने डिजिटल स्टार प्रालीको च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

गणेश सापकोटा को छायांकन ,सुबाश आम्गाइ को सम्पादनमा रहेको यस गीतमा अनु पराजुली र जीवन साहानी ले मुख्य अभिनय गरेका छन् सो गीतको निर्देशन तारानाथ आचार्य ले गरेका हुन् ।

हेर्नुहोस एउटा चेलीको मार्मिक कहानी वचन

Loading...
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार १७:१४