नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरी लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
फूलचन्द्रमा एल्बममा रहेको उक्त गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचर गरिएको छ । शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।
Loading...