फिल्म ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

काठमाडौं, चैत ६
फिल्म ‘कागजपत्र’ले दोस्रो गीत सार्वजनिक गरेको छ । आगामी चैत ८ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले अघिल्लो दिन दोस्रो गीत सार्वजनिक गरेको हो ।

मंगलबार काठमाडौंमा पत्रकार र निर्माण टिमबीच आयोजित होली मिलन कार्यक्रममा फिल्मको ‘तिमी जाने बाटो कता’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा फिल्मा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीले अभिनय गरेका छन् ।

‘तिमी जाने बाटो कता’ गीतमा संगीत बसन्त सापकोटाको छ भने शब्द पनि उनैको हो । गीत अनुपम शर्मा र प्रविसा अधिकारीले गाएका हुन् ।

सो फिल्म अपिल बिष्टले निर्देशन गरेका छन् । फिल्ममा अस्ट्रेलिया जान गरिने नक्कली विवाहको कथालाई उठाएको छ ।

फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरीका अलवा लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, आरजेस रेग्मीलगायत कलाकारको मुख्य भूमिकामा काम गरेका छन् ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७५, बुधबार ०४:४३