रवि लामिछानेलाई भेट्न चितवन पुगे रमेश प्रसाईं

काठमाडौं / फेसबुक लाइभबाट समसामयिक बिषयमा बुलन्द आवाज बोल्ने प्रखर वक्ता धरानका रमेश प्रसाईं यति बेला चितवन पुगेका छन् । सालिकराम पुडासैनी प्रकरणमा बिहिवार साझ न्यु २४ स्टुडियोबाट रवि लामिछाने र सहकर्मी युवराज कडेललाई प्रहरीले नियन्त्रणमा लिएर चितवन लगे सँगै अदालतमा उपस्थित गराई म्याद थप गरिएको छ।

प्राप्त जानकारी अनुसार शान्तिपूर्ण आन्दोलन र न्यायको विरुद्ध दबाव दिन रमेश प्रसाईं चितवन पुगेको बताएका छन् । त्यस्तै भ्रष्टाचार विरुद्धमा चर्को आवाज उठाउने ज्ञानेन्द्र शाही पनि चितवन जाने भएको छ ।

समन्धित समाचार 

रवि लामिछानेका समर्थकका नामबाट आब्हान गरिएको चितवन बन्द अफबाह मात्रै भएको समर्थकहरुले बताएका छन् । शुक्रवार भएको प्रर्दशनका क्रममा केही समर्थकहरुले आज (शनिवार) चितवन बन्दको आब्हान गरेको बताएका थिए । तर विहानदेखि चितवनमा बन्दको प्रभाव परेको छैन् । चितवनको जनजिवन सामान्य अवस्थामा नै छ ।

रवि लामिछानेका समर्थ चितवनका अभियान्ता अर्जुन भुषालले बन्दको बिरोध गर्दे फेसबुक लाइभ गरेका छन् । उनले भने,हामी बन्द विरोधी हौं । रवि लामिछानेको समर्थनमा बन्द होइन शान्तिपूर्ण आन्दोलन गर्छाै । बन्द कहाँबाट भनिएको छ,मैले पनि थाहा पाएको छैन्,बन्दको आब्हान गर्दै कस्ले पर्चा बाँढ्यो । उनले रवि लामिछानेको समर्थनका नाममा घुसपेट भएको हुनसक्ने बताए । उनले भीडमा पैसा उठाउने काम पनि गलत भएको बताएका छन् । उनले सरकारको र मन्त्रीको विरोध गरेर समस्या समाधान नहुने तर्क गरेका छन् ।

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ०३:४६