स्कार्पियो दुर्घटनामा पत्रकार अधिकारीको मृ..त्युु

सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका-११ बक्साहमा स्कोर्पियो पिकअप दु,,र्घटना हुँदा एक पत्रकारको मृ..त्यु भएको छ। दु¥र्घटनामा ४ जना घा_इते भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागी बोकेर विराटनगर जाँदै गरेको वा १६ च २२३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका –११ बक्साह चौकमा दु¥र्घटनामा परेको हो ।

दुर्घटनामा रेडियो नेपालका बुटवल सम्वाददाता डायलसन अधिकारीको मृ..त्यु भएको डिएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । तिलोत्तममा नगरपालिका १ का वडाअध्यक्ष तामनाथ पाण्डे, वडा नम्बर ५ का अध्यक्ष सोहन चौधरी, वाणिज्य संघका अध्यक्ष जेपी कँडेल र चालक अशोक भण्डारी घा.इते भएका छन्। चालकको अवस्था गम्भीर छ।

घाइते चारैजनालाई ठेलियास्थित धर्मेश्वर हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ। मृ..तकको श.व पो¥ष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ०७:५०