मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आ.त्मह.त्या

रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झु.ण्डिएर आ.त्मह.त्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आ.त्मह.त्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले अमृताले साढे २ तले घरको दोस्रो तलामा झुण्डिएर आ.त्मह.त्या गरेको खुल्न आएको जानकारी दिए ।

प्रहरीका अनुसार असार २१ गते बिहान ९ बजेसम्म अमृता नउठेपछि सासु पवित्रा कुँवर उनलाई बोलाउँन पुगिन् । तर, ढोका ढकढक्याउँदै लामो समसम्म बोलाउँदा पनि कुनै प्रतिक्रिया नजनाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनास्थलमा पुगेको प्रहरीले ढोका फोडेर हेर्दा अमृता झ्यालको ग्रिलमा झु.ण्डिएकी अवस्थामा फेला परेकी थिइन् । अमृताले आ.त्मह.त्या गरेको ३ दिनपछि आएको पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै चोटपटक देखिएको छैन भने ‘ह्याङ्गिङ’ अर्थात झुण्डिएर आ.त्मह.त्या गरेको उल्लेख गरिएको छ ।

अहिले पनि अमृताको शव टिचिङ अस्पतालमा बेवारिसे बनेको छ । घर पक्षले शव बुझ्छु भन्दा पनि माइती पक्षले शव बुझ्न नदिँदा शव अस्पतालमै अलपत्र बनेको हो ।

किन बुझ्न दिइएन शव ?

अमृताको दाइ नरबहादुर कुँवरले बेहोश बनाएर बहिनीलाई झुण्ड्याएर मा.रेको भन्दै श्रीमान राजन कुँवर, दिदी गोमा कुँवर, सासुससुरा पवित्रा र खड्क कुँवरविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन्

परिवारले यातना दिने गरेको भन्दै बहिनीलाई झुण्ड्याएर मा.रेको आरोप लगाउँदै नरबहादुरले असार २६ गते किटानी जाहेरी दिएको महाराजगञ्जका प्रमुख डीएसपी प्रसाईंले जानकारी दिए ।बहिनीको आ.त्मह.त्या नभई हत्या भएको भन्दै सत्यतथ्य छानबिन गर्न नरबहादुरको माग छ । बहिनीको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै नरबहादुर असार २७ देखि शान्ति बाटिकामा रिले अनशनमा समेत बसेका छन् ।

अनशन बसेका नरबहादुरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

झुण्डिएको ठाउँमा मोबाइल भेटिएपछि…

आ.त्मह.त्या गरेकी अमृताको साथबाट मोबाइल बरामद भएको छ । झुण्डिएको ठाउँमूनि मोबाइल फेला परेपछि मोबाइल परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइयो ।

मोबाइलमा अमृताले आ.त्मह.त्या गर्नुभन्दा केही समयअघि मात्र विदेशमा रहेका श्रीमान राजनसँग कुराकानी गरेको पाइएको छ । अमृताले राजनलाई भिडियो कल गर्दै आ.त्मह.त्या गरेकी प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार राजनसँग भिडियो कल गर्नुभन्दा अघि अमृताले आफू राती २ बजे ‘सु.साइड’ गर्छु भन्दै ‘म्यासेज’ समेत गरेकी थिइन् । तर, अमृताले १२ बजे आ.त्मह.त्या गरेको पाइएको हो ।

 

Loading...
प्रकाशित मिति २ भाद्र २०७६, सोमबार ०३:३०