मुस्लिम दाइ भन्छन “रबि सबैका भगवान हाम्रा अल्ला हुन गरे मनै रुवाउने कुरा..हेर्नुहोस् भिडियो।।

मुस्लिम दाइ भन्छन “रबि सबैका भगवान हाम्रा अल्ला हुन”/गरे मनै रुवाउने यस्ता कुरा.. भिडियो हेर्न तल जानुहोस ।

यो पनि हेर्नुहोस् ..प्रहरीकी श्रीमती पनि बैशाखी टेकेर रबि लामिछानेको समर्थन गर्दै सडकमा हेर्नुहोस् भिडियो । चितवनमा दिनै भरी पत्रकार रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शनको गरिरहेका छन् । रविको समर्थनमा धरानदेखि चितवन आएका रमेश प्रसाईंले रविलाई प्रहरी हिरासतमै भेटेका छन् । भित्र रबि संग भएका कुराकानी प्रसाईले समर्थकहरुलाई सुनाउदा सबै भाबुक बनेका छन् ।

भेटमा रविले बाहिर प्रदर्शनका क्रममा कसैको मृत्यु*भयो भने मलाई हिरासतमा बसे भन्दा पनि पिडा हुने कुरा सुनाएको उनले बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ*चोट नलागोस् ।‘यदी एक जना पनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ । आज आन्दोलनको तेस्रो दिन समर्थकले न्यायको आवाज उठाएका छन्

त्यस्तै एक महिलाले आफू शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि पत्रकार रवि लामिछानेको पक्षमा आफू न्याय माग्न आएको बताइन् । सिधा कुरा जनतासँग कार्यक्रम गरिब पीडितको पक्षमा भएको बताउँदै रबि लामिछानेलाई जसरी पनि छाड्नुपर्ने बताइन् । आफू प्रहरीको श्रीमती भएपनि गल्तीलाई ढाकछोप गर्न नहुने र गल्ती गर्नेले कडा सजाय पाउनुपर्ने समेत माग गरिन् ।

अन्तर्वार्ताका क्रममा रुँदै उनले भनिन् ” म प्रहरीबाटनै पीडित महिला हुँ , केही वर्षअगाडि म गाडी दुर्घटनामा परेको थिएँ , आफु उपचारकै क्रममा रहँदा प्रहरीले गाडी साहुलाई छुटाउनु पर्यो भनेर एउटा कागजमा हस्ताक्षर गर्न भनियो मैले हस्ताक्षर गरेँ । तर त्यो कागजमा लेखिएको कुरा प्रहरीले भने भन्दा फरक रहेछ, आफूले गाडी साहूबाट उपचार नपाउने भनेर उल्लेख गरेको कागज रहेछ । अनपढ भएका कारण आफूलाई प्रहरीले नै झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप लगाइन् ।

सोही बारेमा सिधा कुरा जनतासँग कार्यक्रम मार्फत आफ्नो कुरा राख्न चाहेको भएपनि उनले न्युज २४ को कार्यालयसम्म सम्पर्क गर्न नसकेको बताइन् । हेर्नुहोस सम्पूर्ण कुराहरु तल दिइएको भिडियोमा ….

भिडियो हेरौ।।

 

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०९:०४