नेपालमा अहिले राणा शासन होइन जनताको शासन छ : पर्यटन मन्त्री भट्टराई

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेपालमै पर्यटनको जनशक्ति उत्पादन गर्न पर्यटन विश्व विद्यालय स्थापनाको घोषणा गर्ने तयारीमा रहेको बताएका छन्। मन्त्री भट्टराईले यसका लागि ऐनको खाका बनिसकेको र अब मन्त्रीपरिषदबाट स्वीकृत गराउन मात्र बाँकी रहेको बताए ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने(‘ हामी सबै पर्यटन व्यवसायीसँग मासिक परामर्श गर्छौं। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीलाई राखेर गोलमेच सम्मेलन गर्छौं।’ यस्तै मन्त्री भट्टराईले विदेशीको लागि नेपाल सु रक्षित रहेको दावी गर्दै ‘नेपालमा अहिले जनताको शासन छ, कुनै पर्यटन व्यवसायी हे पिनु पर्दैन। राणा शासन छैन जनताको शासन छ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०८:४६