एक आदर्श पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो

अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ती ६ वर्षकी बालिकाले एक दिन स्कुल पोसाकमै पिसाब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखेर सबै जना जिल्ल परे । उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् ।

ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।यो थाहा पाएपछि स्कुलका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरीसँग भएको घटनाबारे थाहा पाए त्यसपछि उनले बुझे कि अब उनले के गर्नुपर्छ । उनी छोरी लाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति पनि बेइज्जतीको सामना गर्नु नपरोस् । जब बेन छोरीलाई लिन स्कुल पुगे उनले आफ्नो पाइन्टमा अगाडिपट्टि केही पानी खन्याए । त्यसपछि झट्ट हेर्दा यस्तो लाग्थ्यो कि उनले पनि पाइन्टमै पिसाब गरेका थिए ।

आफ्नो पाइन्ट भिजाएपछि बेन छोरीलाई लिन सिधै प्रिन्सिपलको अफिसमा पुगे । त्यहाँ छोरीलाई देखेपछि उनी छोरीनजिक गए र भिजेको पाइन्ट देखाउँदै भने ‘मलाई तिम्रो ब्याग देउ । मैले यो भिजेको दाग लुकाउँछु ।’ त्यसपछि उनले अगाडि भने ‘मैले पिसाब रोक्नै सकिन र यस्तो भयो ।’पिताको कुरा सुन्दा पहिले र भेलेरी अलमलमा परिन् तर जब उनले पिताको भिजेको पाइन्ट देखिन् उनी मुस्कुराइन् ।बेनले यस्तो यसकारण गरेका थिए ताकि उनकी छोरीलाई युनिफर्ममा पिसाब गर्नु कुनै ठूलो अपराध हो जस्तो नला गोस् ।

 

Loading...
प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार ०७:३६