घरबास पुग्ने पर्यटकलाई लालीगुराँसले स्वागत

लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटकहरु हुरुक्कै भएपछि यहाँका घरबास ९होमस्टे०ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेका छन् ।पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे घरबासमा पुग्ने पाहुनालाई त्यहाँको स्वागत सत्कारले निकै आकर्षित गर्ने गरेको छ ।

भकुण्डेको वनमा ढपक्कै फुलेको लालीगुराँस फूल टिपेर त्यहाँका स्थानीयले घरबासमा आउने पाहुनालाई स्वागत गर्ने गरेका छन् ।राष्ट्रिय फूल लालीगुराँसले पर्यटकलाई थप मोहित पार्ने भन्दै चैत वैशाखको महीनामा लालीगुराँसले स्वागत गर्ने गरेको घरबासका सञ्चालक बताउँछन् ।

जिल्लामै पहिलोपटक २०६८ सालमा घरबासको स्थापना गरेका भकुण्डे गाउँका स्थानीय अहिले घरबासमा आउने पाहुनालाई रिझाउन व्यस्त हुने गरेको अतिथि सत्कार घरबासका सञ्चालक अप्सरा थापा बताउनुहुन्छ । मगर समुदायको बस्ती भएको भकुण्डे गाउँमा मगर समुदायको संस्कृति तथा विभिन्न पर्यटकीयस्थल, मुलाबारी दृश्यावलोकन स्तम्भ, बराह ताल, हीराताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक भकुण्डे आउने गरेका छन् । भकुण्डेमा हाल नौ घरमा घरबास कार्यक्रम सञ्चालन भइरहेको छ ।

Loading...
प्रकाशित मिति १३ बैशाख २०७६, शुक्रबार १६:०२