हनिमुन जोडीको रोमान्टिक पोज

काठमाडौं । अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै लामो प्रेम सम्बन्धलाई केहि महिना अगाडी विवाहको नाम दिएका थिए । विवाह लगत्तै बर्षा चलचित्रको छायाकनमा व्यस्त भएकी थिइन् भने सन्जोग व्यावसायमा।

यहि सान्सा जोडी यतिबेला हनिमुनका लागी युरोप पुगेको छ। केहि दिन अगाडी युरोप पुगेको यो जोडीले रोमान्टिक पोजका तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन्। पोष्ट तस्विरमा दुवै निकै रोमान्टिक मुद्रामा देखिएका छन् ।

बर्षा अभिनित दुई चलचित्र लगातार रिलिजको तयारीमा रहेका छन्। ‘दाल भात तरकारी’ बैशाख २० मा रिलिज हुदैछ भने ‘जात्रै जात्रा’ जेठ ३ मा।

 

 

 

Loading...
प्रकाशित मिति April 26, 2019