दलकै आडमा खुलामञ्च अतिक्रमण ,मेयरकै मिलेमतो रहेको आरोप

बैशाख १४ – राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ।ठेकेदारलाई ‘नक्साविपरीतका संरचना निर्माण गर्न पाइनेछ’ भन्ने प्रति दिइसकेपछि महानगरपालिकाको प्रतिमा डटपेनले केरमेट गरी ‘छ’ लाई ‘छैन’ भनेर बेहोरा फेरिएको पाइएको हो। काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिबीच २०७४ वैशाख ८ गते सम्झौता भएको थियो।

दलकै आडमा खुलामञ्चमा अतिक्रमण

जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स जेभीले राजनीतिक दलकै आडमा खुलामञ्चमा व्यापारिक सटर निर्माण गरेको आरोप लागेको छ। जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स जेभीका कार्यकारी निर्देशक मनोज भेटवालले राजनीतिक दल र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यसँगको मिलेमतोमा नै खुलामञ्चमा सम्झौताविपरीत व्यापारिक सटर निर्माण गरेको महानगरकै कर्मचारीले बताएका छन्।

Loading...
प्रकाशित मिति १४ बैशाख २०७६, शनिबार ०३:२७