“म कांग्रेसमा आवद्ध छैन” :- पार्वती राई

बैशाख १४ हिजोमात्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफनो पार्टीमा चर्चित कलाकारहरुसहित १५० जना प्रबेश गरेको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत नीर शाह, धिरेन शाक्य, झरना थापा ,जीवन लुइँटेल ,शंकर बिसी ,पार्बती राई लगायतका हस्तीहरु कांग्रेसमा प्रबेश गरेको बताएका थिए ।

उनीहरुकांग्रेसमा प्रबेश गरेसंगै विभिन्न खाले टिकाटिप्पणीहरु भईरहेका छन् । यसबीच चर्चित मोडल एवं डान्सर पार्वती राईले भने आफु कांग्रेसमा आवद्ध नभएको स्पष्ट पारेकीछिन् । पार्वती राई पनि कांग्रेसमा प्रबेश गरेको भन्दै समाचारहरु आएपछि उनले सामाजिक सञ्जालमार्फत आफु कुनै पनि पार्टीमा आवद्ध नरहेको उल्लेख गरेकीछिन् ।

Loading...
प्रकाशित मिति १४ बैशाख २०७६, शनिबार ०५:५९