भारत जाने क्रममा बैतडीका एक महिला सहित तीन जना वेपत्ता

 

महेन्द्रनगरबाट भारत जाने क्रममा बैतडीका एक महिला सहित तीन जना बेपत्ता भएका छन्। महेन्द्रनगरबाट भारत गईरहेका मेलौली नगरपालिकमा वडा नम्बर २ वस्ने रमेश बहादुर चन्दकी श्रीमती पार्वती चन्द उनका छोरा हिमाल चन्द र छोरी पुजा चन्द गरि तनै जना वेपत्ता भएका हुन्।

रोजगारीको सिलसिलामा भारतको व्याङलोरमा बस्दै आएका उनी नयाँ बर्ष मनाउन परिवार सहित घर आएका थिए। नयाँ बर्ष मनाएर गत शुक्रबार महेन्द्रनगरबाट भारत जाने क्रममा सम्पर्क विहीन भएको उनको परीवार स्रोतले जनाएको छ।

Loading...
प्रकाशित मिति १५ बैशाख २०७६, आईतवार ०२:२८