कस्तो अवस्थामा हाडे बदाम खानु हुदैन ? जानि राख्नुहोस।

हाडे बदाम एक मसलाको प्रकार हो जुन खानमा स्वादिष्ट हुनुका साथै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस, म्याग्नेशियम, भिटामिन इ, एन्टीशक्सिडेन्ट तथा फाइटोस्टेरोल जस्ता पोषक तत्वको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गरेर ट्युमर र क्यान्सरलाई नियन्त्रण गर्छ ।

बदाममा पाइने पोषणयुक्त फाइबरले पाचन प्रक्रियालाई सक्रिय बनाएर छालामा हुने अत्यधिक तेललाई निकाली छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउन मद्दत गर्छ ।

धेरै जसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ । तर, कुनै कुनै अवस्थामा भने बदाम स्वास्थ्यकर हुदा हुदै पनि हाम्रो शरीरमा बिषको काम गरिरहेको हुन्छ । हाम्रो शरीरमा विभिन्न रोग लागेको बेलामा हामीले बदामको सेवन गर्नु उचित हुदैन । र, यसबारे धेरै जसोलाई थाहा नहुने हुदा हामीले अन्जनमा आफुलाई हानी पुर्याईरहेका हुन्छौं ।

यसमा फाइबरको मात्रा धेर हुने भएको कारणले एसिडिटी, अपच तथा ग्यास्ट्रिक भएको बेलामा सेवन गर्नु उचित हुदैन । यसले अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ । मोटोपनाको समस्याले चिन्तित हुनु हुन्छ भने बदामको सेवन गर्नु हुदैन । यसमा क्यालरी र फ्याटको मात्रा निकै धेरै हुने भएको कारणले यसले अझ तौल बढाउने गर्छ ।

उक्त रक्त चापको समस्या छ वा उक्तरक्त चाप नियन्त्रण गर्ने औषधिको सेवन गरिरहनु भएको छ भने बदामको सेवन नगरेको नै ठिक हुन्छ । यस्तो समयमा बदामको सेवन गरेमा हाम्रो स्वास्थ्य समस्या अझ बढ्न सक्छ । यदि पित्त थैलीको समस्या वा मृगौला सम्बन्धि कुनै पनि समस्या छ भने यस्तो समयमा बदामको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने पाइएको छ ।

स्वास्थ्य छु भनेर नियमित रुपमा धेरै बदामको सेवन पनि गर्नु हुदैन । दैनिक ५ देखि १० ओत सम्म सेवन गर्दा हाम्रो शरीरमा तेस्तो खासै कुनै असर भने देखाउने गर्दैन । दुब्लो हुनुहुन्छ भने बदामको नियमित सेवन गर्नाले हाम्रो तौल नियन्त्रणमा आउने गर्छ । तर, आवश्यकता भन्दा बेसी यसको सेवनले हाम्रो स्वास्थ्यलाई त हानी पुर्याउछ साथै हाम्रो औषधिको बिल समेत बढाउने गर्छ ।

बदाम खानुका फाइदै फाइदा :

बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। जुनसुकै मौसममा बदाम खान सकिन्छ।शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो। यदि दूध उपलब्ध छैन भने त्यसको सट्टामा पनि बदाम खान सकिन्छ। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ। नियमित बदाम खाँदाका यस्ता छन् फाइदा।

मोटोपना घटाउँछ :

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ : नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। क्यान्सरबाट बचाउँछ : बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

मिनरल्स : बदाममा प्रशस्त मात्रामा मिनरल्स हुन्छ। यसले शरीरमा फ्याट,कार्बोहाइड्रेट,मेटाबोलिजम र क्याल्सियलाई सन्तुलन मिलाउने काम गर्छ। नियमित बदाम खाँदा मधुमेहको जोखिम कम हुन्छ।

फोलिक एसिड : बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन् क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो : बदामले अौषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामीन सी : बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

स्वस्थ कपाल : नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

कमेन्ट गर्नुहोस।

Loading...
प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार ०५:१८