स्वादिलो र रसिलो हुने मौसमअनुकूल फल आरुवखडा खाँदाका फाइदा…..

आरुवखडाको मौसम भएकाले बजारमा जताततै आरुवखडा बेच्न राखेको देखिन्छ मौसमअनुकूल फलफूल शरीरको लागि निकै लाभदायक हुन्छ प्राकृतिक ढंगले बोटमै पाकेको आरुवखडा स्वास्थ्यका लागि निकै लाभदायक पनि हुन्छ ।यसलाई खादा स्वाद मिल्नुका साथसाथै यसले हाम्रो स्वास्थ्यमा लाभ पुर्याउन पनि मद्दत गर्छ ,यसले रोगप्रतिरोधात्मक क्षमता बिकाश गर्नुका साथै यसले क्यान्सर तथा अल्जाइमर जस्ता रोगको संभावना कम गर्छ ।

स्वादका लागि यसलाई जाम बनाएर पनि सेवन गर्न सकिन्छ । आरुवखडामा भिटामिन सि, ए, के, बी ६, बेटा–कारोटिन, पोटासियम, बेटा कारोटिन, खनिज तत्व, एन्टि अक्सिडेन्ट र फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

यसले रक्तचापलाई सन्तुलनमा राखेर मधुमेह र हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ । यसमा ग्लुकोजको मात्रा निकै कम हुने भएकाले यसको सेवनले मधुमेह नियन्त्रण गर्न मद्धत र्पुयाउँछ । यसले स्मरण शक्तिमा वृद्धि गर्न मद्दत गर्नुका साथै छालाको लागि यो फाइदाजनक हुन्छ ।

अनुसन्धान अनुसार आरुवखडाले स्वस्थ्य कोषहरुमा हानी नर्पुयाई स्तन क्यान्सरका कोषहरु नष्ट गर्नमा पनि मद्धत गर्ने बताइएको छ । पाचन प्रणाली सक्रिय राखेर कब्जियत, अपच र पेट सम्बन्धि हुने विभिन्न समस्याहरु रोक्न मद्दत गर्छ ।

यसमा कम क्यालोरी हुनाले यसले मोटोपना घटाउन पनि सहयोग गर्छ साथै यसले रगत सफा गर्ने, रगत जम्न नदिने तनाव हुन नदिने, खराब कोलस्ट्रोलको मात्रा घटाएर शरीरमा हुने अन्य समस्याका लागि पनि लाभदायक मानिन्छ ।

#आरुवखडाका फाइदाहरु निम्न छन्

#पाचन प्रणालीमा मद्धत:आरुवखडामा पर्याप्त फाइबर र सोर्विटोल तथा इसाटिन भन्ने तत्वहरु हुनाले यसले प्राकृतिकरुपमै हाम्रो पाचन प्रणाली राम्रो राख्न मद्धत पुर्‍याउँछ। यसले कब्जियत र अपच हुने जस्ता समस्याहरु रोक्छ।

#क्यान्सर र कोष बिग्रिने सम्भावना कम गर्छ:रातो–निलो देखिने आरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ जसले क्यान्सरको कारण मानिने हानीकारक फ्रि र्‍याडिकल्सहरुको सफाई गर्छ।

#मुटुको सुरक्षा गर्नमा सहयोगी:एउटा मध्यम आकारको आरुवखडामा ११३ मिलिग्राम पोटासियम रहेको हुन्छ जसले हाम्रो रक्तचापलाई सन्तुलनमा राख्छ र हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ।

Loading...
प्रकाशित मिति १४ कार्तिक २०७६, बिहीबार ०३:२६