सरकारका अभूतपूर्ण काम : सबै नेपाली च’कित / हेर्नुहोस।

बीर बहादुर वली । लामो समय देखि बलियो सरकारको पर्खाइमा बसेका नेपालीहरुले वर्षौपछि दुई तिहाइको बलियो सरकार पाएका छन् । सरकार गठन भएको वर्ष दिन पुरा भएर पनि महिना दिन वित्नै लागेको छ । अघिल्लो पटक प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका योजनाहरु धेरैलाई अनौठो लाग्ने खालका थिए । नेपालको आफ्नै रेल, पानी जहाज, पाइपलाइनबाट ग्याँस लगायतका कुराहरु दाउरामा खाना पकाउदै आएका हामीलाई अनौठो लाग्नु कुनै नौलो कुरा होईन । अघिल्लो कार्यकालमा जनतालाई सपना देखाए पनि काम गर्ने अवसर भने जुरेन किनभने त्यो दुई तिहाइको जनताले खोजेको बलियो सरकार थिएन् ।

नेपालको प्रमुख समस्या भनेको नेपाल सरकार लामो समय देखि भारतको एस म्यान भएर काम गरिरहेको छ भन्ने हो जुन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेको कार्यकालमा नै स्पष्ट पारिसक्नु भएको थियो कि नेपाल सरकार भारतको एस म्यान होईन । त्यसका लागि ओलीले नाकाबन्दीका समयमा देखाएको दृढता र साहसलाई धेरै नेपालीहरुले राम्रोसँग मुल्याङकन गरेका छन् ।भारतले नेपालका केही राजनीतिक दलहरुले नाकाबन्दी लगाएको भने पनि त्यो बेलाको सरकारले भारतलाई अन्तराष्ट्रिय रुपमा पनि नङ्ग्याउने प्रयत्न गर्यो । त्यस भुमिकामा तत्कालिन प्रधानमन्त्री ओली र त्यो बेलाका परराष्ट्रमन्त्री कमल थापाको भुमिकालाई जनताले भुलेका छैनन् ।

कमजोर सरकार भए पनि प्रधानमन्त्री ओलीको अठोटले नेपाललाई झुक्न दिएन् । आखिर भारत आफैंले नाकाबन्दीलाई फिर्ता लिन बाध्य भयो । भारतको संसदमा स्वर्गीय भारतीय विदेशमन्त्री लगायत अन्य नेताहरुले पनि यो कुरा उठाएका थिए । भारतका प्रमुख मिडियाहरुले नेपालका प्रधानमन्त्रीले ‘भारतले यु’द्ध भन्दा ड’रलाग्दो’ अवस्था सिर्जना गरेको भन्दै ब्याख्या गर्ने गरेका थिए । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा पनि भारतीय रवैयाको नेपालले खुलेरै विरोध जनाएको कुरा प्रमुखताका साथ आएको थियो ।

यो बीचमा नेपालले के कुरा थाहा पायो भने भारत मात्रै नेपालको मित्र होईन । भारतले सीमा क्षेत्रमा गर्ने ज्याजतीले पनि नेपाली जनताको नजरमा भारत असल मित्र हुन सकिरहेको थिएन । अघिल्लो कार्यकालमा नै ओलीले चीनसँगको सम्बन्ध विस्तारमा विशेष पहल गर्न सफल हुनुभयो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा गरेका बाचाहरु अहिले आएर विस्तारै असरदार हुन थालेका छन् । नेपालमा रेल आएको कुरा पनि सत्य हो ।

पाइपलाइनबाट नेपालमा पेट्रोलियम पर्दाथ आउँन थालेको केही हप्ता मात्रै भएको छ । अब खाना पकाउने ग्याँस पनि पाइपबाट जनतालाई दिने सरकारले योजना बनाइरहेको छ । पानी जहाज चलाउने कुराहरु पनि भइरहेका छन् । रेलको कुरा पनि व्यवहारमा आउन थालेको छ । नेपालले अन्तरिक्षमा आफ्नो स्याटलाइट पनि पठाएको छ ।

भारत र चीनले नेपाललाई विशेष महत्वका साथ हेर्न थालेका छन् । अहिले नेपालले बोलेका कुराहरु विश्वका धेरै देशहरु सुन्न चाहान्छन् । अहिले भारतले नेपाललाई हेप्ने तरिकाले भन्दा पनि सम्मानका साथ एक असल मित्रको रुपमा हेर्न थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री भएपछि नेपालका प्रधानमन्त्री ओलीलाई शपथग्रहण समाहोरमा बोलाएका थिए ।हालै भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएपछि चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउनु भएको थियो । अब नेपालमा चिनियाँ राष्ट्रपति सि जीन पिङ आउँने चर्चा भइरहेको छ । चर्चा भए अनुसार भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल आउँने चर्चा सुरु भइरहेको छ । नेपाल विस्तारै हरेक कुराहरुमा आत्मनिर्भर हुँदै गइरहेको छ ।

सरकारले हालैं पाइपबाट तेल ल्याउने भनेर गरेको निर्णयले नेपाललाई वार्षीक करोडौं लाभ हुने अनुमान गरिएको छ । नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर गरी कूल ६९ दशमलव २ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई यसअघि परीक्षणका रूपमा पाइपबाट डिजेल ल्याइसकिएको छ ।यो दक्षिण एशियामै पहिलो अन्तरदेशीय (क्रस बोर्डर) पाइपलाइन परियोजना हो । पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउन थालेपछि यसको प्रविधिबाट सम्पूर्ण सूचना (विवरण) नियन्त्रण कक्षमा जानकारी हुने प्रणाली विकास गरिएको छ । कति आएको, चुहिएको, रोकिएको वा कुनै अवरोध भएमा त्यसको सूचना कम्प्युटर प्रणालीमा जानकारी हुनेछ । ओलीको कार्यकालमा नेपालले चीन र भारतसँग समान सम्बन्ध राख्न सफल भएको छ ।

यो बाहेक जनताका आधारभुत आवश्यक्ता शिक्षा, स्वास्थ्य, यातायात, विद्युतका क्षेत्रमा पनि नेपालले उल्लेख प्रगति गर्न सफल भएको छ । विद्युत त नेपाल अन्य देशहरुमा बेच्ने हैसियतमा पुगेको छ । नेपालको पानी खाडीमा बेच्ने चर्चा पनि भइरहेको छ ।यी सबै कुराहरुको जग बसेको भए पनि सफल हुन केही वर्ष लाग्ने कुरा नर्कान मिल्दैन । जनताको शान्ति सुरक्षाका लागि देश भित्र र बाहिर भएका शक्तिहरुसँग सरकार कडा रुपमा प्रस्तुत हुँदै आइरहेको छ ।

Loading...
प्रकाशित मिति १५ कार्तिक २०७६, शुक्रबार ०३:५६