कतै तपाई दुधमा चिनी मिसाएर त पिउनु हुँदैन ?

दुध आफैमा पनि पौष्टिकताले भरिएको चीज हो । दुधजन्य परिकार , बिहानको चिया र धार्मिक कार्यको लागि पनि दुधको महत्वपुर्ण भुमिका रहँदै आएको छ । केहि अध्ययनबाट थाहा भएको छ कि, दुध सेवनले क्यान्सरको संभावना पनि कम हुन्छ । दुधमा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुन्छ ।दुध सेवन गर्दा कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुने गरेको चिकित्सकहरु बताउँने गर्छन् ।

दुध हरेकरुपमा प्रयोगको लागि सही मानिन्छ तर दुध पनि मिलाएर सेवन गर्न नजाने यसका धेरै बेफाईदाहरु हुने गर्छन् ।प्राय हामी स्वास्थ्यलाई राम्रो गर्छ भन्दै दुधलाई बेसारसँग, महसँग मिश्रण गरेर पिउने गछौ जसन स्वास्थ्यको लागि खास फाइदाजनक छ तर हामीले दुधलाई अझै मिठो बनाउँने बाहनामा दुधमा चिनीमिसाएर खाने गछौ जुन स्वास्थ्यको लागि नितान्त अस्वाथ्यजनक हुने गर्छ ।तपाई हामी धेरैलाई थाहा नहुन सक्छ तर यो यर्थाथ हो ।

दुधमा चिनी मिसाएर सेवन गर्दा त्यसले शरीरमा जलन र अक्सिडेटिभ स्ट्रेसको समस्या हुन्छ । साथै यसको कारण कोशिकालाई नोक्सान पनि पुर्याउँछ ।त्यसैले दुध सेवन गर्नुहुन्छ भने, चिनीको मिश्रण पटक्कै नगरौ । साथै ख्याल गर्नुहोस दुध र दुधजन्य उत्पादनको अधिक सेवनले हाम्रो शरिरमा अम्ल बढाउँछ । जुन स्वाथ्यको लागि राम्रो पनि होईन ।

 

Loading...
प्रकाशित मिति १६ कार्तिक २०७६, शनिबार ०३:३३