मन्त्री हुन् त गोकर्ण विष्ट जस्ता !! जसले आफुले खाएको थाल आफै माझे

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट गृह जिल्ला गुल्मीमा पाँच दिने भ्रमणमा निस्किएका छन् । जिल्लाको समग्र विकास निर्माणको स्थलगत अवलोकन, छलफल, अन्तरक्रिया, विभिन्न स्थानका स्वास्थ्यचौकी भवनहरुको उद्घाटन र जिल्लाका जनप्रतिनिधीरुसँगको भेटघाटका लागि उनी गृह जिल्ला आएका हुन् ।

शुक्रवारदेखि यात्रामा निस्किएका विष्टले शनिवार स्थानीय पूर्वाधार विकास कार्यक्रम परामर्श समितिको वैठक, जिल्ला तथा स्थनीय तहका जनप्रतिनिधीहरुसँग अन्तरक्रिया र अगुवा कार्यकर्तासँग भेटघाट गरिसकेका छन् । उनले अर्जै स्वास्थ्यचौकी भवनको उद्घाटन, शून्य होम डेलिभरी र खरका छानामूक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको छ । औपचारिक कार्यक्रम मार्फत आइतवार वडालाइ घोषणा गर्ने कार्यक्रम रहेको मालिका गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

यस्तै, छापहिले र हर्पुकोट स्वास्थ्यचौकी भवन उद्घाटन, अर्खावाङमा शून्यहोम डेलिभरी वडा घोषणा, घमीरमा खानेपानी योजना उद्घाटन, अमरपुरमा विद्यालय भवन उद्घाटन र छिनुवामा झोलुंगे पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मन्त्री विष्टको गृह जिल्ला भ्रमण पछिल्लो समय बाक्लिदै गएको छ । समग्र जिल्लाको विकास निर्माणमा उनले नजिकबाट चासो राखेर जिल्लाबासीसँग सल्लाह सुझाव लिने गरेको पाइएको छ । दशैमा टिका लगाउन गृह जिल्ला आएका उनी एक महिनापछि पूनः जिल्ला फर्किएका हुन् ।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७६, आईतवार १०:२०