नेपालीसंगै भारतीयहरुको पनि मन जित्दै आयुष केसी

भारत र नेपालमा समेत लोकप्रिय रहेको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स”मा नेपालका दुई बालकहरुले नेपाल र नेपाली प्रतिनिधित्व गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसी । यी दुई बालकहरुले आफनो चमत्कारी गायन क्षमताबाट नेपालीहरुको मात्र होईन भारतीयहरुको समेत मन जितिरहेका छन् । एक पछि अर्काे गर्दे सानदार प्रस्तुती दिईरहेका उनीहरु जब मन्चमा ढाका टोपी लगाएर उत्रिन्छिन् तब हरेक नेपालीहरु गौरवको महसुस गर्छन् । उनीहरु साथै रहेका भारतीय प्रतिष्पर्धीहरुमाथि भारी पनि पर्दै आईरहेका छन् । सो कार्यक्रममा आज प्रसारण भएको भागमा आयुष केसीले अद्भुत प्रस्तुती दिएका छन् ।

 

 

 

एक था टाइगरमा समाबेश गीत कच्ची डोरिया बोलको गीत गाएका आयुष आजको प्रस्तुतीमा सबैमाथि भारी परेका छन् । रोमाण्टिक र सफ्ट गीत गाउन माहिर आयुषले आज यस्तो प्रस्तुती दिए की मञ्चमा यस सिजनमा सम्भवत पहिलो पटक वान्स मोर गुञ्जिएको थियो । उनलाई जुरीबाट सय प्रतिशत नम्बर दिए । जसको कारण उनले चार्ट बस्टर पर्फेन्स दिए । जज सान , ऋचा शर्मा , अमाल मलिकले आयुषको उच्च प्रशंसा गरे ।

 

 

 

अतिथीको रुपमा आएकी चर्चित गायिका नेहा भाषिनले पनि आयुषको प्रशंसा गर्दै शोको सबैभन्दा धेरै क्रेडिट नै उनलाई दिनु पर्ने बताईन् । शोको सुरुवाती चरणमा उनलाई सय प्रतिशत ल्याउन केही कठिन भईरहेको थियो तर पछिल्लो ४ ५ एपिसोडमा लगातार उनले चार्ट बस्टर पर्फेन्स दिईरहेका छन् । यो उनको आगामी यात्राका लागि निकै महत्वपुर्ण छ । किनकी जति सय प्रतिशत ल्यायो त्यती नै अगाडी बढ्न उनलाई साहयता मिल्नेछ । जे होस आयुषले आफनो प्रस्तुतीबाट नेपालीसंगै भारतीयहरुको मन जित्दै गर्दा उनीप्रति सबैले गर्व महसुस गरिरहेका छन् ।

Loading...
प्रकाशित मिति १५ बैशाख २०७६, आईतवार १७:०८