मोडलिङमा सानी परियारको डेव्यु “रुने पालो” बाट

‎ / नेपाली लोक सांगीतिक बजारमा एक पछि अर्को गर्दै प्रतिस्पर्धात्मक हिसाबले उत्कृष्ट गीतहरु आइरहेका छन् । कुनै समय लोकदोहोरी गीत र भिडियोमा विकृति भित्रीयो भन्ने समाजलाई पछिल्लो समय बजारमा सार्वजनिक भएका गीतहरुले सहजै भुलाई दिएका छन् ।

त्यस्तै लोकप्रिय गायक मौशम गुरुङ र लक्ष्मी रेग्मीको स्वरमा ‘रुने पालो”बोलको गीत प्रियसी म्युजिक प्रा.ली बाट बजारमा आएको छ । उक्त गीतमा समेटिएका निकै गहकिला र मार्मिक शब्दहरु गणेश परियारले लेखेका हुन् भने, ‘संगीत संयोजन पनि गणेश परियारले नै गरेका हुन् ।

भिडियोलाई निकैनै मेहनतका साथ बबिता श्रेष्ठले निर्देशन गरेका छन् भने मुकेश हुमागाईंले खिचेका हुन् । भिडियोमा मोडल टीका भुजेल र सानी परियारले जीवन्त अभिनय गरेका छन् । भिडियो राजेश कुमारको सम्पादन तयार भएको हो ।

भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १५ बैशाख २०७६, आईतवार १७:१३