आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ। यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन। अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ। यो घटना चीनको हो, उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ।

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो। महिला चार महिनाको गर्भवती थिइन। उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन। यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए। टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने – जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे। टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए। आजकाे कारोबार दैनिकमा खबर रहेकाे छ

Loading...
प्रकाशित मिति April 28, 2019