गायिका सुशीला थापाको ‘नजर’ सार्वजनिक, भिडियो सहित।

काठमाडौं। गायिका सुशीला थापाको नयाँ लोक दोहोरी गीत ‘नजर’ सार्वजनिक भएको छ। दाङकी चेली हाल काठमाण्डौँलाई आफ्नो कर्मथलो बानाउदैँ आएकी गायिका हुन सुशीला थापा। उनको आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका छन्।

उनी गीत गाउँने मात्र नभई पछिल्लो समय गीतमा संगीत पनि भर्छिन, साथै मोडलिङमा पनि जमेको पाइन्छ। उनले भर्खरै मात्र बजारमा अर्को नयाँ गीत सार्वजनिक गरेकी छिन्। चर्चित गायक रामजी खाँड र उनकै स्वरमा रहेको नजर बोलको गीत सुशीला थापा यूट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन।

जुन गीतमा शब्द नन्द निर्मल थापा र उनी स्वयम आफैको रहेको छ, साथै उक्त गीतमा संगीत पनि उनी आफैले भरेकी छिन्। राजु कार्कीको संगीत संयोजनमा रहेको गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको थियो भने अभिनयमा ईच्छाराम परियार र स्वयम सुशीला थापाले कम्मर मर्काएका छन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति December 24, 2019