बसको ठ’क्करबाट घा’इते भएकी सृष्टि पन्तको नि’धन।

काठमाडौं। बसको ठ’क्करबाट घा’इते चावहिल स्थित पशुपति क्याम्पसकी छात्रा सृष्टि पन्तको मृ’त्यु भएको छ। बीबीएस चौथो वर्षमा अध्ययनरत गोरखा घर भएकी २१ वर्षीया सृष्टि पन्तको उपचारको क्रममा ओम अस्पताल चावहिलमा मृ’त्यु भएको हो।

पन्तलाई सोमबार बिहान पौने ६ बजे मध्यपुर ठिमी यातायातको ४ ख ५९२० नम्बरको बसले सुकेधारामा ठ’क्कर दिएको थियो। सडक पार गर्ने क्रममा उनलाई बसले ठ’क्कर दिएको बताइएको छ। बसको ठ’क्करबाट ग’म्भीर घा’इते पन्तको उपचारको क्रममा मृ’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

बिहान पौने ६ बजे दु’र्घटना भए को थियो, बिहान साढे नौ बजे उपचारको क्रममा उनको मृ’त्यु भयो, बोगटीले भने। सहपाठीलाई गाडीले ठ’क्कर दिएको वि’रोधमा विहानै देखि विद्यार्थीले चावहिल क्षेत्रमा यातायात अ’व’रुद्ध गरेर प्र’दर्शन गरेका छन्। त्यस क्रममा विद्यार्थीले केही गाडीमा आ’गजनी र तो’डफो’ड समेत गरेका प्रहरीले जनाएकाे छ।

पन्तलाई सुकेधारामा गाडीले ठ’क्कर दिएको थियो। ठ’क्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तो’डफोड र आ’गजनी गरेका हुन्। छात्रालाई ठ’क्कर दिने गाडी र चालकलाई महाराजगञ्जबाट हामीले नियन्त्रणमा लिएका छौँ, बोगटीले भने। अहिले चावहिल क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ।

Loading...
प्रकाशित मिति ८ पुष २०७६, मंगलवार ०५:३४