मिस्टर आरजे र नवराज कलौनीको ‘बनारसको साडी’ भिडियो सहित।

काठमाडौं। चर्चित संगीतकार, गीतकार तथा -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र नवराज कलौनीको ‘बनारसको साडी’ बोलको गीत सार्वजनिक भएको छ।

मंगलवार दिउँसो मिस्टर आरजेको अफिसियल युटुव च्यानेलबाट सार्वजनिक भएको ‘बनारसको साडी’ बोलको गीतमा सुदूरपश्चिमको लोक भाकालाई संकलन गरी फरक शैलिमा प्रस्तुत गर्ने प्रयास गरिएको गायक नवराज कलौनीले बताए।

गीतको शब्द संकलन गायक नवराज कलैनीले गरेका छन् भने सङ्गीत संयोजन श्यामश्वेत रसाइलीले गरेका हुन। यस अघि गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ बोलको गीतमा आवाज भरेका थिए।

ती गीतबाट नै कलौनी चर्चित भएका हुन। सुदूरपश्चिमको ठेट लोक भाकालाई सबैले सहज तवरले बुझ्ने तरिकामा ढाल्नका लागि देउडा लोक भाकालाई नेपालीकरण गरिएको गायक कलौनी बताउँछन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति ९ पुष २०७६, बुधबार ०५:२७