काठमाडौं। गायक रामकृष्ण ढकालको सम्बन्ध वि’च्छेद भएको छ। पत्नी निलम साह ढकालले दिएको सम्बन्ध वि’च्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध वि’च्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन्।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्ध वि’च्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन्।
उहाँहरुले सम्बन्ध वि’च्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन्’ उनले भने। बादीले अंश नलिने गरी मिलापत्र भएको छ। ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी आमासँग रहने भएकी छन्। अनलाइन खबर
Loading...