भगवान शिवको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष १० गते बिहिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। शिक्षामा सफलता मिल्नेछ।शेयरको कारोवारमा सफलता मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
शुभकार्यको चर्चा चल्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। अचल सम्पत्तिको कारोवार हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आर्थिक लेनदेनमा समस्या देखा पर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यातायात वा वाहनमा खर्च बढ्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा खरावी रहला। आर्थिक कारोवारमा मन्दी आउनेछ। घर व्यवहारमा झमेला रहला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
दैनिक कार्यमा सफलता पाईनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १० पुष २०७६, बिहीबार ०२:१७